काठमाडौँ– काठमाडौँको पशुपति क्षेत्रको जंगलमा एक किशोरीको शव भेटिएको छ।
भक्तपुरस्थित आफन्तकोमा जान्छु भनी घरबाट निस्केकी १९ वर्षीया सुस्मिता थापाको शव पशुपति जंगलमा भेटिएको हो।
शुक्रबार बिहान गोरखनाथ मन्दिरमाथिको जंगलमा रुखमा झुन्डिएको अवस्थामा थापाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
‘मर्निङवाक’मा जानेहरुले युवती झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
थापाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखधाएको छ।
सिन्धुली घर भएकी उनी काठमाडौँको बालुवाखानी कपनमा बस्ने गर्थिन्।


