भोजपुर- भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको छ। हतुवागढी गाउँपालिका वडा नंम्वर ७, पात्ले पानीमा भएको आगलागीमा परि एकाघरकै तीन जना बालबालिकाको मृत्यु भएको हो।
शनिवार साँझ गाई गोठमा अचानक आगलागी हुँदा एक परिवारका दाजुभाइका तीन छोराछोरीको मृत्यु भएको प्रहरी जानकारी दिएको छ।
आगलागीमा परि केदार कार्कीको ५ वर्षीय छोरा प्रनिष कार्की र रमेश कार्कीको ५ बर्षीया छोरी दिप्सिका कार्की र निजको भाइ ३ वर्षीय दिउनिस कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदिप पाठकले बताए।


