‘मलेसिया पठाइदिन्छु’ भनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पर्सा घर भएका ३६ वर्षीय हिरालाल महतो नुनियालाई प्रहरीले पक्राउ गरेको हो।
हाल किर्तिपुर बस्दै आएका महतोले ६ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै ठगी गरेका थिए।
उनी मलेसिया पठाएर राम्रो कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएर ३ लाख ५० हजार ठगी गरेर फरार भएका थिए।
चोभारबाट पक्राउ परेका महतोलाई थप अनुसन्धान तथा कारबाहीका लागि बैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।


