काठमाडौँ- बाग्लुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो।
रुकुमपूर्वबाट काठमाडौँ जाँदै गरेको दुर्घटना परेको हो।
दुर्घटनामा परी २० जनाभन्दा बढी घाइते भएका छन्।
गाडीमा ३२ जना यात्रु थिए।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ।
घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको छ।
घटनाको थप विवरण आउन बाँकी छ ।


