ताप्लेजुङ- ताप्लेजुङमा मङ्गलबार आगलागी हुँदा २ वटा घर जलेका छन्। मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
दुवै घरका नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन्। घर नजिकै रहेका २ वटा गोठ पनि जलेका छन्। जिल्लाका केही वनमा पनि आगो सल्केको छ। बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ।


