काठमाडौँ- आइतबार काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आपसमा रङ दलेर फागु पर्व मनाइँदैछ।
काठमाडौंको बसन्तपुरमा युवायुवतीदेखि विदेशसम्म जम्मा भएर हर्षोल्लास मनाएका छन्।
फागु पर्व मनाउन ठाउँ-ठाउँबाट भेला भएका युवायुवतीहरू वसन्तपुर, हनुमानढोका दरबार क्षेत्रमा आइतबार बिहानैदेखि आपसमा रङ दलेर उमंग साटिरहेका छन्।
वसन्तपुर, हनुमानढोका क्षेत्रमा बर्सेनि फागु पूर्णिमाको साँझसम्मै ठूलो उल्लास छाउने गर्छ। आपसमा फागु दलेर विदेशीहरू पनि रमाउने गर्छन्।












