२०८३ कार्तिक ११ गते मङ्गलबार

भक्तपुरको होलीमा प्रेम र यौनका कुरा

 |  रासस
Sanket

रासस

काठमाडौँ, चैत ११
Bhimsenko-Linga-Bhaktapur

भक्तपुर- ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रेय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीतहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका छन्।

भीमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि आज पूर्णिमासम्म भीमसेन गुठीका गायजुहरुले यस्ता गीतहरु गाएर होलीको आगमनसँगै बिदाइ गर्दथे। तर, अहिले मल्लकालीन समयमा नेसं ७८१ र ७९२ मा लेखिएका होली सम्बन्धी यस्ता गीत एवं दाफा लोपोन्मुख अवस्थामा पुगेको छ।

फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई कमलपोखरीमा लगेर स्नान गराई काँधमा बोकेर ब्रम्हायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेका घर र पसलहरुमा घुमाएर चिर स्वायगू गरेपछि यहाँ फागु सुरु हुने परम्परा रहँदै आएको छ।

दत्तात्रयस्थित भीमसेन मन्दिरमा वर्षौंदेखि पुजारीका रुपका काम गर्दै आएकी केशरी कपालीले भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकका रुपमा मानिदै आएको परम्परालाई धान्दै आएकी छिन्। उनको छोरा कमल कपालीले यसको पुरानो परम्पराहरुमध्ये धेरै लोप हुने अवस्थामा पुगेको बताउँछन्।

उनले चार सय वर्ष पुरानो यो परम्परलाई धान्दै आएको बताउदै चिर स्वायगुको दिन काठबाट निर्मित भीमसेनको लिङ्गलाई काँधमा बोकेर कमलपोखरीमा लगेर सफा गरी बाजागाजाका साथ नगर परिक्रमा गर्दै मन्दिरमा ल्याएर झुण्ड्याउने गरिएको बताए।

लिङ्गको एक सातासम्म पूजा गर्ने परम्परा रहेको भन्दै उनले सन्तान नभएकाहरुले यसको पूजा गरेर प्रसाद ग्रहण गरेपछि सन्तान सुख प्राप्त हुने र छोरा नहुनेको छोरा हुने विश्वास अहिले पनि रहेको उनी बताउँछन्।

भजन गाउने भजन मण्डल नै कम भएपछि यो परम्परा पनि लोप हुने अवस्थामा पुगेको छ। यसरी घर पसल घुमाउँदा भक्तजनले स्पर्र्श गरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुण्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन भने अहिले हराउँदै गएको उहाँ बताउँछन्।

नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू अर्थात लिङ्ग घुमाएपछि फागु सुरु हुने परम्परा चार सय वर्ष अगाडिदेखि चल्दै आए पनि लिङ्गलाई काँधमा बोकेर घर, पसल डुलाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेको उनको भनाइ छ।

पसल र घर टोलमा डुलाएपछि त्यसलाई ढोगेर दक्षिणा दिदाँ सन्तान सुख प्राप्त हुने र पसलमा व्यापार व्यवसाय बढ्ने जनविश्वास रहेको उनको भनाइ छ।

‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया’ अर्थात झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वको रुपमा मनाइने यो पर्वमा यस्ता भजन एवं गीतहरु लोप हुने अवस्थामा पुगेको पूजारी कपाली बताउँछन्।

यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ अर्थात अबिरको होली, रिसायौँ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्साएको पाइन्छ। होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने उहिल्यको प्रचलन अहिले लोप भइसकेको भीमसेन मन्दिरमा वर्षौदेखि पूजारीको रुपका कार्यरत केहरी कपाली बताउँछन्।

भीमसेन गुठीले परम्परादेखि नै होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउँदै आएको छ। गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमको प्रतिविम्ब चित्रण गरेको छ।

सात दिनसम्म स्थानीयले लिङ्ग र योनीको पूजा एवं दर्शन गर्ने गरेका छन्। काठको लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनी आकारको प्वाललाई द्रौपदीको योनीको रुपमा लिने गरिन्छ।

भीमसेन र द्रौपदीको यौन सम्बन्धको रुपमा राखिएको लिङ्ग र योनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको रुपमा संरक्षण गर्दै आएका छन्।

पाटीमा झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्छ, यसलाई यौन समागमको रुपमा लिइन्छ। विगतमा भीमसेन पाटीको बाहिर नै झुण्ड्याउने परम्परा रहे पनि यहाँबाट महिलाहरुलाई आवतजावत गर्न अप्ठ्यारो भएको गुनासो आएपछि केही वर्षयता भने पाटीको माथिल्लो तलाको भीमसेन मन्दिरमा झुण्ड्याउने गरेको कपाली बताउँछन्।

यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिङ्ग हल्लाउने र द्रौपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने र दक्षिण चढाउने गर्छन्। काठको लिङ्गको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ भने कपासलाई वीर्यको प्रतीकको रूपमा लिइन्छ। यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायु मिल्ने र व्यापार वृद्धि हुने जनविश्वास रहेको उनी बताउँछन्।

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले यो पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक पर्वको रुपमा परापूर्वकालदेखि मनाइँदै आएको बताउँछन्। उनी भनन्छन्, ‘यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ।’

वर्षौंदेखि यहाँ प्रेम र यौनको प्रतीकका रुपमा होली पर्व मनाउँदै आएको उनी बताउँछन्। डा. श्रेष्ठ भन्छन्, ‘भीमसेन भैरव हो, भैरव महादेव हो, द्रौपदी भैरवी हो, अर्थात् पार्वती, द्रौपदीका पाँच पति भनेर नकारात्मक सन्देश प्रवाह गरिन्छ, वास्तवमा पूर्वजन्ममा द्रौपदीको विवाह नै नभई मृत्यु भयो, अर्को जुनीमा उनले महादेवको तपस्या गरी पति माग गरेपछि महादेवले पाँच पटक तथास्तु भनेर वरदान दिएपछि पाँच पाण्डव उनको पति भए, त्यो पनि महादेवकै लीला हो, यसमा तान्त्रिक शक्ति छ, गलत अर्थ लगाउनुहुन्न।’

मन्दिरमा झुड्याइएको काठको लिङ्ग भीमसेनको प्रतीकको रुपमा रहेको बताउँदै उनले यसलाई प्रेम र यौनसँग जोडेर हेर्नुपर्ने बताए।

यो पुरुष शक्तिको प्रतीकको रुपमा रहेको भन्दै उनले तान्त्रिक विधिअनुसार यो वर्षौंदेखि चल्दै आएको परम्परालाई अहिले भ्रम फैलाएर बलात्कारीको लिङ्ग भनेर गलत अर्थ लगाएर इतिहास, धर्म र संस्कृति मास्न खोज्नु गलत भएको उनको भनाइ छ।

धार्मिक र इतिहासका प्रत्येक प्रमाणले यो बलात्कारीको लिङ्ग होइन, भीमसेनको प्रतीकका रुपमा राखिएको हो भन्ने पुष्टि गर्ने आधार धेरै रहेको भन्दै उनले वर्षौंदेखिको मान्यतालाई मास्ने प्रयास गर्न नहुने बताउँछन्।

साङ्केतिक रुपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने भए पनि विशेषतः भक्तपुरमा भीमसेन र द्रौपदीको यौन समागमसँग सम्बन्धित रहेको उनको भनाइ छ।

चिर स्वायगू अर्थात लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् भने होलीभरि शनिबार र मङ्गलबार भीमसेन मन्दिरमा मेला लाग्ने गर्दछ।

यहाँका केही व्यक्तिले धार्मिक आस्थामै ठेस पुग्ने गरी हचुवाका भरमा बलात्कारीको लिङ्ग भनेर प्रचार गर्नु, धर्म संस्कृति र परम्परा मास्न खोज्नु गलत भएको इतिहास एवं संस्कृतिविद् डा. श्रेष्ठ बताउँछन्।

पुरुष मात्र नभई यसको अवलोकन एवं दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरुले धार्मिक विश्वासकै आधारमा झुण्ड्याएको लिङ्गलाई हल्लाउने गर्दछन्।

आज फागुपूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा खनेको खाडलमा लगेर चोपल्ने र पखालेर पुनः मन्दिरमा राखेपछि यस वर्षको होली समाप्त हुने मान्यता छ।

मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यस वर्ष छोरा जन्मन्छ भन्ने जनविश्वास अहिलेसम्म पनि रहेको सन्तान नहुने र छोरा नहुने पुरुष हरेक वर्ष लिङ्ग बोकेर खोलामा लैजान पालो कुरेर बस्ने गरेको पुजारी कपाली बताउँछन्।

वसन्त ऋतुको आगमन फागुन महिनादेखि हुने भएको र यो समय यौन ऊर्जाको समय, माया प्रेम गर्ने समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको भनाइ छ।

वसन्त ऋतुमा मानिसको मात्रै नभई चराचुरुङ्गी र पशुपक्षीमा पनि कामवासना हुन्छ भन्ने विश्वास रहेको पाइन्छ। नेपाल भाषाका पत्रकार एवं स्थानीय अध्यता कृष्ण प्रजापतिले भीमसेनको मन्दिर चार सय वर्ष पुरानो रहेको भन्दै उनले यो परम्परा पनि चार सय वर्ष पुरानो रहेको बताउँछन्।

भक्तपुरमा साक्षात दोलखा भीमसेनका रुपमा मानिंदै आएको पश्चिमतर्फ फर्केको परदेशी भीमसेनमा रातभरि जाग्राम बसेर बोला बली दिइ भोज गर्ने र रातभरि भजन गाएर धुनी जगाएर बस्ने परम्परा अहिले पनि रहेको छ।

यहाँका गुठीहरुले यो परम्पराअनुसार आज होलीको दिन भीमसेनको लिङ्गको प्रतीकलाई पूजा गर्ने र द्रौपदीको योनी अर्थात् चीरलाई दहीको टीका लगाएर खटमा राखेर टोलमा घुमाउने गर्दछन्।

प्रकाशित: २०८० चैत ११ गते आईतबार ०७:१८
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना