अर्घाखाँची- अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–६ धातिवाङ वडा कार्यालयलाई एक परिवारले तीन रोपनी जग्गा दान गरेका छन्।
धातिवाङ उलेर्नी निवासी स्व पूर्णकला पौडेलको सम्झनामा समाजसेवी भोजराज पौडेल र उहाँका छोराहरु न्यायाधीश धनिश्वर पौडेल, रामप्रसाद पौडेल र वेदराज पौडेलले तीन रोपनी जग्गा दान गरेका हुन्।
धातिवाङकै इतिहासमा वडा कार्यालयका लागि पहिलोपटक जग्गा दान भएको वडाअध्यक्ष कृष्ण पौडेलको भनाइ छ। सो जग्गा किन्नु परेको भए धेरै मूल्य पर्ने बताउँदै उनले स्व आमाको बैकुण्ठबासको कामना गरे। पौडेलको २०८० फागुन १० गते काठमाडौँमा निधन भएको हो। उनको परिवार सामाजिक क्षेत्रमा क्रियाशिल परिवार हो।


