काठमाडौँ- आइतबार होली खेल्ने क्रममा सुनकोसी नदिमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ।
आइतबार होली खेल्दै उदयपुर त्रियुगा नगरपालिका १४ ढाप्लाङ स्थित सुनकोसी नदिमा पौडी खेल्न पुगेका ३ जना बालबालिका बेपत्ता भएका थिए। हिजो साँझ अबेर सम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनीहरूलाई फेला पार्न नसके पछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरि बाट गोताखोर परिचालन गरिएको हो।
सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा नौ जना गोताखोर टोली परिचालन गरी खोजी कार्य सुरु गरिएको प्रहरी सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।


