काठमाडौँ- कर्णाली पुलबाट हाम फालेका युवक मध्ये १ जना अझै भेटिएका छैनन्। सोमबार पुलमाथिबाट हाम फालेका १७ जना मध्ये लम्कीचुहा नगरपालिका ३ का ३० वर्षका लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीले शाहीको खोजी भइरहेको बताए।
उनका अनुसार सोमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिँडिरहेका युवाको उक्त समूहलाई चिसापानी प्रहरीले कर्णाली पुल वारी नै रोक्न खोजेको थियो। तर सामूहिक रूपमा तस्विर खिच्ने भन्दै उनीहरू जबरजस्ती अघि बढेको प्रहरीको भनाइ छ।


