२०८३ कार्तिक १४ गते शुक्रबार

थपिए चार पाँचतारे होटल

 |  रासस
Sanket

रासस

काठमाडौँ, चैत १३
Hotel

काठमाडौँ- नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ। पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँचतारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन्।

भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेश्नल, काठमाडौँको होटल ल्हासा इन्टरनेश्नल (दुसित प्रिन्सेस) र धुम्बाराहीको अकामा होटल पाँचतारे वर्गीकरणमा परेका छन् भने वर्णवास म्युजियम बुटिक होटल बुटिक लग्जरी पाँचतारेमा वर्गीकरणमा परेको विभागको होटल शाखाका अधिकृत चुनबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार यससँगै पाँचतारे स्तरको बुटिक लग्जरी होटलको सङ्ख्या तीन पुगेको छ। यस वर्गमा यसअघि द्वारिकाज र बसेरा बुटिक होटल थिए। चेन होटल हिल्टन, जगदम्बा हस्पिटालिटी, होटल फरेष्टइन, बुढानिलकण्ठ हेरिटेजलगायत होटल पाँचतारे वर्गीकरणको प्रक्रियामा रहेको विभागले जनाएको छ।

विभागले पर्यटन ऐन–२०३५, होटेल, लज, रेष्टुराँ तथा रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली २०३८ र पर्यटन उद्योग सेवाप्रवाह निर्देशिका, २०७० को व्यवस्था बमोजिम पाँच तारे डिलक्स र पाँच तारे स्तरमा वर्गीकरण भई इजाजतपत्र नियमित रुपमा अद्यावधिक गरेको हो।

विभागले सार्वजनिक गरेको होटलको वर्गीकरण अनुसार झापाको धुलाबारीमा सञ्चालित भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि अन्तर्गतको होटल मेची क्राउन प्लाजा पाँच तारा डिलक्स होटलको स्तरमा सूचीकृत भएको छ।

झापाको विर्तामोडमा सञ्चालित होटल द किङ्सवरी र काठमाडौँको ताहाचलमा खुलेको सिटी होटल लिमिटेड (हायात प्लेस)ले पाँचतारे स्तरको वर्गीकरण पाएका छन् । पाँचतारे अन्य होटलमा तारागाउँ रिजेन्सी (हायात रिजेन्सी), सोल्टी होटल, होटल मेरियट, हायात प्यालेस, छाँयादेवी कम्प्लेक्सको (होटल अलफ्ट) छन्। होटल डेल अन्नपूर्ण, द मल्ल होटल, साङ्ग्रिला होटल, पोखरा ग्राण्ड, टाइगर वान प्रालि, सोल्टी वेष्टर्न, होटल सेन्ट्रल प्लाजा, होटल द किङ्सवरी र इच्छा होटल पाँचतारे वर्गीकरणमा परेका हुन्। विभागको विवरणमा चारतारे स्तरका होटलको सङ्ख्या ३४ छ।

होटल संघ नेपालका अनुसार नेपालमा वार्षिक ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार छन्। सङ्घका अध्यक्ष विनायक शाहले दैनिक देशभर दैनिक १० हजारभन्दा बढी पाहुना धान्ने होटलका कोठा उपलब्ध भएको बताए। होटल संघमा देशभरका पाँच हजारभन्दा बढी होटल आबद्ध छन्। अध्यक्ष शाहले अबको दुई वर्षभित्रमा थप १८ देखि २० वटा स्तरीय तारे होटल सञ्चालनमा आउने बताए।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०२४ को फेब्रुअरीमा मात्रै ९७ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। वर्षको पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

प्रकाशित: २०८० चैत १३ गते मङ्गलबार ०३:५८
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना