२०८३ कार्तिक १६ गते आईतबार

‘शताब्दी घर’को संरक्षणका लागि ‘गो फन्ड मी’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १३
dyery

गण्डकी- बहुसांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको पर्वतको कुश्मा नगरपालिका–६ माझगाउँस्थित ‘शताब्दी घर’को जीर्णोद्धार र संरक्षणका लागि क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत सहयोग गर्न सकिने भएको छ। कुश्मा कला परियोजनाले तीन सय वर्ष पुरानो ऐतिहासिक महत्वको उक्त घर संरक्षणका लागि ‘गो फन्ड मी’ खातामा आर्थिक सहयोग गर्न सार्वजनिक आह्वान गरेको हो।

सबै जातजाति तथा भाषाभाषीको अपनत्व हुने गरी बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्ष्यसहित ‘गो फन्ड मी’ अभियान चलाइएको परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले बताए। ‘गो फन्ड मीमार्फत सहयोग जुट्ने क्रम सुरु भएको छ, विभिन्न देशका ११ जना दाताबाट झण्डै पाँच सय डर खातामा जम्मा भइसकेको छ’, उनले भने, ‘शताब्दी घर संरक्षणका लागि रु ५० लाख सङ्कलन गर्ने लक्ष्य संस्थाले लिएको छ।’

शताब्दी घरलाई अनुसन्धान, साहित्य, कला, संस्कृति र पर्यटन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले परियोजनाले काम गरिरहेको छ। कलाको माध्यमबाट संस्कृति संरक्षण र समाज विकासमा भूमिका खेल्ने ध्येयले परियोजना स्थापना गरिएको अध्यक्ष गिरीको भनाइ छ। पहाडे वास्तुकला झल्काउने उक्त शताब्दी घरको आँगनलाई ‘नृत्य आँगन’, भुइँ तलामा पुस्तकालय र खुला स्टुडियो, पहिलो तलामा सङ्ग्र्रहालय र सिरानको तला बुइँगल (सिरानतला)लाई पुराना भाँडावर्तन, भेषभूषा, अस्त्रसस्त्र र विभिन्न जातजाति र समुदायका लोपोन्मुख वाद्यवादनका सामग्री राखेर सङ्ग्रहालयका रुपमा रुपान्तरण गरिँदैछ।

सोही तलाको बाँकी ठाउँलाई सामुदायिक सिकाइ केन्द्रका रुपमा विकास गरिने भएको हो। शताब्दी घरको आँगनमा ढुङ्गा बिछ्याउने र काठको फल्चा बनाउने योजना रहेको अध्यक्ष गिरीले सुनाए। आँगनलाई ‘डबली’ कला प्रदर्शनी, कथावाचनस्थल आदिका लागि प्रयोग गरिने उनले बताए।

‘भुइँ तलाको खुला स्टुडियोमा ललितकलाका सबै आयाममाथि चर्चा र चिन्तन गर्न मिल्ने गरी संरचना बन्दैछ’, अध्यक्ष गिरीले भने, ‘पहिलो तलामा रहने सङ्ग्रहालयमा परम्परागत काष्ठकला, मूर्तिकलाका सामग्री, घरायसी हस्तकला, हातहतियार, औजार, उपकरण, वाद्ययन्त्रलगायत सामग्री राखिनेछ।’

कला, अनुसन्धान, खोज आदि गर्न खोज्नेका लागि अतिथि आवास गृह पनि निर्माण गरिने परियोजनाले जनाएको छ। कलाको आवासीय कक्षासमेत सञ्चालन गर्ने उद्देश्य संस्थाले लिएको अध्यक्ष गिरीले बताए। ‘समाजका लागि उपयोगी कला, सीपका सिर्जनात्मक गतिविधि सञ्चालन हुने छन्, शताब्दी घरलाई कला र ज्ञानको मन्दिरका रुपमा विकास योजना छ’, उनले भने।

तीनतले शताब्दी घरको बार्दलीलाई ग्यालरीका रुपमा प्रयोग गरिने उनले बताए। उक्त ग्यालरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारका चित्र, संस्कृति र सम्पदाका तस्बिर, श्रव्यदृश्य सामग्रीलगायत राखिनेछ। सामुदायिक सिकाइ केन्द्रका रुपमा रहने सिरानको तलामा ‘कखरा स्कुल पाठशाला’, सिर्जनात्मक कला कार्यशाला, कथावाचन शृङ्खला सञ्चालनमा गरिने अध्यक्ष गिरीले बताए।

‘परिवर्तन र विकासको नाममा हामीले हाम्रो मौलिक परम्परा, संस्कार, संस्कृति र रीतितिथि बिर्सिरहेका छौँ’, उनले भने, ‘मानिसले भुल्दै, बिसिँदै गएको आफ्नोपनको आभासलाई जोगाउन कुश्मा कला परियोजना स्थापना गरिएको हो।’

अध्यक्ष गिरीले सांस्कृतिक धरोहर, सम्पदा बचाउनेभन्दा पनि मास्ने प्रवृत्ति बढिरहेको भन्दै उहाँले संस्कृति संरक्षणका लागि देशभर अभियान चलाउनुपर्ने बताए। ‘हाम्रो कला, संस्कृति दिनप्रतिदिन सङ्कटमा परिरहेको छ, संस्कृति म¥यो भने हाम्रो क्षमता पनि मर्छ, त्यसैले संस्कृति, सभ्यता र कला बचाउनुपर्छ’, उनले भने।

पुरानो संस्कृति र सम्पदाको महत्व आम मानिसलाई बुझाउने कोसेढुङ्गाका रुपमा ‘शताब्दी घर’लाई विकास गर्नुपर्ने परियोजनाको शुभेच्छुक संस्था ‘लियो डिस्ट्रिक काउन्सिल–३२५ एफ नेपाल’का अध्यक्ष युवराज पराजुलीले बताए। कुश्मा कला परियोजना र शताब्दी घरको संस्थागत विकासका लागि सबैको सहयोगको हातेमालो चाहिने उनको भनाइ छ। ‘क्राउड फन्डिङ सोही उद्देश्यका लागि आह्वान गरिएको छ”, अध्यक्ष पराजुलीले भन्नुभयो, “एक व्यक्तिले सुत्रधार गरेको यस अभियानमा हामी सबै जोडिऔँ।’

मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि शताब्दी घरको अवधारणा अगाडि सारिएको परियोजनाले जनाएको छ। वर्षौंदेखि संरक्षणविहीन बनेको उक्त घरलाई ‘शताब्दी घर’ नाम दिएर परियोजनाले बहुसांस्कृतिक सङ्ग्रहालय बनाउने योजना बनाएको हो। स्थानीय राम गिरीको उक्त घर अहिले शताब्दी घरका रुपमा परिचित छ।

मर्मत र रङरोगनपछि घरको मुहार फेरिएको छ। तीन सय वर्षभन्दा अगाडि गिरीका जिजुहजुरबुबा धनराजले उक्त घर बनाएको बताइन्छ। गिरी परिवारका सात पुस्ता सोही घरमा हुर्के बढेको परियोजनाका अध्यक्ष आरेके अदिप्त गिरीले बताए।

प्रकाशित: २०८० चैत १३ गते मङ्गलबार ०६:०५
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना