तानसेन- पाल्पामा १ किशोरीको शव फेला परेको छ। जिल्लाको रिव्दीकोट–१, ख्याहास्थित लप्सीखोला नजिकै मङ्गलवार बेलुकी ५ बजेतिर किशोरीको शव फेला परेको हो।
स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा पदमा सुनारको शव फेला परेको स्थानीय बासिन्दा रामप्रसाद न्यौपानेले बताए। किशोरीको शव क्षतविक्षत अवस्थामा रहेको उनले बताए। उनको हत्या भएको आशंका गरिएको छ।
प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ। घटनास्थल पुगेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।


