२०८३ कार्तिक १६ गते आईतबार

कर्णालीका कृषि उपजको संस्थागत बिक्री व्यवस्था

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १४
karnali pardesh

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेशका कृषि उत्पादनको संस्थागत बिक्री प्रबन्ध भएको छ। प्रदेश सरकार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको साझेदारीमा कर्णालीका कषि उपजको संस्थागत रूपमा बिक्री सुरु भएको हो।

कम्पनीले कर्णालीका विभिन्न जिल्लाबाट ३५ क्विन्टल सिमी, १० क्विन्टल उवा, एक क्विन्टल २० किलो चिनोकागुनो खरिद गरेर बिक्री पनि गरिरहेको छ। कम्पनीका निमित्त प्रमुख माधव मिश्रका अनुसार १९ हजार चार सय ६४ मेट्रिक टन कर्णालीका कृषि उपज खरिद गर्ने कम्पनीको लक्ष्य छ। यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।

कर्णालीमा उत्पादित सामग्रीको सङ्कलन, प्रशोधन र बजारीकरणका लागि प्रशोधन केन्द्र स्थापना गर्नेसम्बन्धी सम्झौता पनि उक्त मन्त्रालय र कम्पनीबीच भएको छ। सम्झौताअनुसार कम्पनीले कोदो आठ हजार छ सय ६०, कागुनो तीन सय ३८, चिनो छ सय ८७, जुनेलो दुई, फापर सात सय ६२, उवा छ सय १९, सिमी चार हजार चार सय ७० र मार्सी धान तीन हजार आठ सय ८६ गरी जम्मा १९ हजार चार सय ६४ मेट्रिक टन खरिद गर्नेछ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रैथाने बालीको उत्पादन, सङ्कलन, प्रशोधनमा प्रदेश सरकारबाट करिब २८ मिलियन बराबरको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रशोधन मेसिनरी तथा उपकरण जडान गरिदिने सम्बन्धमा भएको सहमतिअनुसार मुख्यमन्त्री, भूमि व्ववस्था तथा कृषिमन्त्री, प्रमुख सचिव तथा सचिवसँग सघन छलफल गरी यथाशीघ्र योजना सम्पन्न गर्ने सहमति भएको जनाइएको छ।

प्रदेश सरकारले रैथाने बाली जोगाउन उत्पादन, बजारीकरण र प्रवर्द्धन गर्न ‘मूल्यवान’ ‘लोगो’ कार्यक्रम लागू गरिसकेको छ। प्रदेश प्राङ्गारिक कृषि ऐन, २०७६ मा परम्परात रूपमा खेती गरिँदै आएका रैथाने बालीको उत्पादनका लागि छुट्टै लोगोको व्यवस्था गर्नुपर्ने उल्लेख छ। २०७८ जेठ २० मा बसेको प्रदेश सरकारको बैठकले लोगो प्रयोगमा ल्याउने, लोगो अङ्कित खाद्यवस्तु खरिद बिक्री गर्नेहरूको विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो।

देशको पहिचान झल्किने गरी निजी तथा सहकारी क्षेत्रको सहभागितामा स्वीकृत ‘मूल्यवान्’ लोगोलाई अलग पहिचानसहित मूल्य अभिवद्धि गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने उद्देश्यले कर्णाली सरकारले उक्त ऐनबमोजिम लोगो प्रयोगसम्बन्धी अनुमति एवं मापदण्ड निर्धारण गरेको छ। मूल्यवान् लोगो प्रयोगसहित प्याकिङ गर्दा प्याकेटमा तौल, उत्पादन मिति, उपयोग गर्न सकिने अधिकतम समय, किसिम, ग्रेड र उत्पत्तिस्थल स्पष्ट खुलेको हुनुपर्ने व्यवस्था छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको स्वामित्व रहेको लोगो प्रयोग गर्न इजाजत लिनुपर्ने, रैथाने बालीको विवरण प्रत्येक वर्ष मन्त्रालयमा उपलब्ध गराउनुपर्नेलगायत शर्त राखिएको छ। कर्णालीका सन्दर्भमा रैथाने बाली संस्कृतिसँग जोडिएकाले सम्पदाको उपमा दिएको बताइएको छ।
‘अग्र्यानिक’ रैथाने बाली लगाउने र ती उत्पादन बिक्री गर्ने किसानले अनिवार्य रूपमा ‘मूल्यवान्’ अङ्कित लोगो राख्नुपर्ने व्यवस्था गरिएको छ । प्रदेश सरकारको २०७४ फागुन ६ गते बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले अग्र्यानिक कृषिका आधार तय गर्दै रैथाने बालीको संरक्षण गर्ने निर्णय गरेको थियो । यही निर्णयका आधारमा प्रदेश सरकारले प्राङ्गारिक कृषि ऐन, २०७५ ल्याएको हो।

किसानले बढी उत्पादन लिने उद्देश्यले स्थानीय तथा रैथाने बालीको सट्टा आयातित बालीको खेती बढाउनाले रैथाने बालीको उत्पादन घट्दो छ। ग्रामीण क्षेत्रमा वर्णशङ्कर (हाइब्रिड) बीउ प्रयोग गर्ने क्रमले यस्ता बाली सङ्कटमा पुगेका हुन्। किसानकै रुचि कम हुँदा खाद्य सुरक्षा र पोषणका हिसाबले उपयुक्त मानिने अन्न उत्पादन र परम्परागत रूपमा गरिँदै आएको बालीको संरक्षणमा चुनौती देखिएको छ। यद्यपि, सङ्घीय र प्रदेश सरकारले संरक्षणका विविध गतिविधि सञ्चालनमा जोड दिएका छन्। प्रदेश सरकारले बजारीकरण, कोसेलीघर निर्माणलगायत कार्यक्रमलाई जोड दिएको छ। मन्त्रालयले कृषि विकास रणनीति र प्राङ्गारिक नीतिमा पनि यो कार्यक्रमलाई समावेश गरेको छ। ‘जसका लागि ‘मूल्यवान् मार्गः सबैका लागि, सधैँका लागि’ नारा अघि सारिएको छ।

प्रकाशित: २०८० चैत १४ गते बुधबार ०९:४५
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना