काठमाडौं– रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन्। पूर्व डीआईजी समेत रहेका खरेलले बुधबार पार्टीमा राजीनामा दिएका हुन्।
२०७९ मा भएको निर्वाचनमा उनी काठमाडौं–१ बाट चुनाव लडेका थिए। तर गत वैशाख १० मा भएको उपचुनावमा बारा–२ मा रास्वपाबाट चुनाव लडेका थिए। तर दुवै पटक उनी पराजित हुन पुगे।
पछिल्लो समय उनले रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेको आलोचना गर्दै आएका थिए। खरेलले पार्टीले आफूलाई स्पष्टिकरण सोधेको र आफूले राजिनामा दिएको बताए।


