२०८३ कार्तिक १२ गते बुधबार

मातातीर्थ औंशीः मातातीर्थमा दर्शनार्थीको भीड

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ७
mata tirtha ausi (1)
मातातीर्थ औँशीका अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थमा बिहीबार लागेको मेला । मातातीर्थ औँशीमा मातातीर्थ कुण्डमा स्नान गर्ने भक्तजनको घुईँचो लागेको छ। तस्बिर: अच्युत रेग्मी/रासस

काठमाडौं – आज माता तीर्थ औंशी। आजको दिन काठमाडौंको मातातीर्थमा दर्शनार्थीको भीड लाग्ने गरेको छ। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिनमा मनाइने यो पर्वलाई आमाको मुख हेर्ने दिनका रुपमा पनि मनाइँदै आएको छ। यो पर्वमा जन्मदाता आमालाई सम्मान गरिन्छ र आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ देखाइन्छ।

हिन्दू शास्त्रअनुसार आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएको छ। र आमाको सेवा सद्भाव गर्नुपर्छ भनिएको छ। त्यसैले आमावाट आशिर्वाद पाउने दिनका रूपमा यो पर्वलाई लिने गरिएको।

मातातीर्थ औँशीका अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थमा रहेको आमाको प्रतिमा । मातातीर्थ औँशीमा मातातीर्थ कुण्डमा स्नान गर्ने भक्तजनको घुईँचो लागेको छ। तस्बिर:रासस

आमा हुनेहरुले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।

तर आमा नभएकाहरूले भने आमालाई सम्झिएर पुजा गर्ने, तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गरिन्छ। यो दिन काठमाडौंको मातातीर्थमा पनि दर्शनार्थीको भीड लाग्ने लाग्ने गरेको छ।

सनातन वैदिक शास्त्रका अनुसार सबै मानिसले जीवन आफूलाई गुण लगाउनेहरुको ऋण तिर्नुपर्ने हुन्छ। त्यस्तोमा देवऋण, मनुष्यऋण र पितृऋणलगयात पर्छन्। यसरी मातातीर्थमा मानिसले आमालाई खानोकुरा अर्पण गरेमा सो ऋणबाट मुक्त भइन्छ भन्ने परम्परा पनि रहँदै आएको छ।

त्यसमा पनि सन्तालाई आमाले ९ महिनासम्म गर्भमा राखेको हुनाले आमालाई विशेष रुपमा लिने गरिएको छ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औंसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुशी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ।

बिहीबार परेको माता तीर्थ औँसीका लागि तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित एक मिठाई पसलमा मिठाई खरिद गर्दै सर्वसाधारण। तस्बिर: कृष्ण न्यौपाने/रासस

प्रकाशित: २०८० बैशाख ७ गते बिहिबार ०१:४९
प्रतिक्रिया

थप समाचार

गर्मीसँगै बढ्यो खरबुजाको व्यापार [तस्बिरहरू]

काठमाडौँ- गर्मी बढेसँगै काठमाडौं कालीमाटी फलफुल तथा तरकारी बजारमा खरबुजाको व्यापार बढेको छ। आफ्नो पसलबाट मात्र दैनिक एक हजार किलोग्रामसम्म खरबुजा बिक्री हुन थालेको एक व्यापारीले बताए। कालिमाटी...

चीनका १०० फोटोग्राफरको टोली नेपालमा

काठमाडौँ- संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ। चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको...

बानेश्वरमा भ्वाङ पर्‍यो सडक, काठमाडौँ महानगरले खटायो डोजर [फोटो फिचर]

काठमाडौँ- काठमाडौँको बानेश्वर चोकबाट शंखमूल जाने बाटोमा बानेश्वर मलअगाडि सडकको बीचमा भ्वाङ परेको छ। अहिले त्यहाँ भ्वाङ टाल्न काठमाडौं महानगरको डोजर ल्याइएको छ। यसअघि दरबारमार्गबाट कमलादीतर्फ...

अन्नदेवको रथ बनाउन बाराही र ञवाका ३५ गुठियारलाई धमाधम [फोटो फिचर]

काठमाडौँ- नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथ जात्रा वैशाख २९ गते सुरु हुँदैछ। मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका...

रुसी सेनाका नेपालीको उद्धारका लागि सामूहिक अनसन [फोटो फिचर]

काठमाडौँ- रूसी सेनामा रहेका नेपालीहरुको उद्धारका लागि पटकपटक आग्रह गर्दा पनि सरकारले नागरिक फिर्ता गर्न प्रयास नगरेको भन्दै उनीहरूका आफन्तले माइतिघरमा सामूहिक अनसन सुरु गरेका छन्। रुसी...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना