काठमाडौँ- काठमाडौँको बानेश्वर चोकबाट शंखमूल जाने बाटोमा बानेश्वर मलअगाडि सडकको बीचमा भ्वाङ परेको छ।
अहिले त्यहाँ भ्वाङ टाल्न काठमाडौं महानगरको डोजर ल्याइएको छ।
यसअघि दरबारमार्गबाट कमलादीतर्फ आउने सडकमा टुकुचा खोला छोपेर बनाइएको सडकमा पनि भ्वाङ परेको थियो।
पछिल्लो समय सडक भासिने र भ्वाङ पर्ने क्रम बढेपछि यात्रामा जोखिम बढेको छ।


