काठमाडौँ- नारायणगढ मुग्लिन सडकको रामनगरमा बिहीबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
बिहान ५ बजे भरतपुर मनपा १ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर अगाडी चेकिङको लागि रोकी राखेको झापाबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१९००६ ख ४८८८ नं. को यात्रु बसको पहाडी ग २ ख २२५ नं को हायस अनियन्त्रित भई ठक्कर खादा सो दुर्घटना भएको हो।
दुर्घटनामा स्थानीय कमलबहादुर न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेज समेत क्षति पुगेको छ। दुर्घटनामा परी चितवन भरतपुर मनपा ११ बस्ने वर्ष ४४ की मिना सापकोटा, भरतपुर ५ बस्ने वर्ष ४० को केशर साह, भरतपुर २१ बस्ने वर्ष ४४ को मेकना तामाङ, भरतपुर १४ बस्ने वर्ष ५३ को हरिराम ढकाल, वर्ष ५१ की धनुमाया ढकाल, भरतपुर २ बस्ने बर्ष ३० को काशी उपरकोटी, भरतपुर, २० बस्ने वर्ष ४७ को तुल बहादुर घले र गोर्खा सिरान चोक गापा १ बस्ने वर्ष २६ की प्रीति रम्तेल घाइते भएका छन्।
उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ।


