काठमाडाैँ – यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएकाे छ।
बिहान ८ बजेदेखि परीक्षा सुरू भएकाे हाे।
यो वर्ष एईईमा ५ लाख ४ हजार ४१४ विद्यार्थी छन्।
कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न–गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गरेका छन्।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा दिँदै छन्। जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुने पौडेलले बताए।
कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन्।

















