काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।
प्रचण्डसँग भेटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा देउवा पुगेका थिए।
भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।
गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएकोमा पूरक जाहेरी परेको उल्लेख गर्दै कांग्रेसले सदनमा अवरोध खडा गर्दै आएको छ।
लामिछानेले सहकारीमार्फत् ठगी गरेको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ।
यद्यपि प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गृहमन्त्री लामिछानेले निष्कलंक रहेको जिकिर गर्दै आएका छन्।


