काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्या डा आरजु राणा देउवाको शल्यक्रिया सफल भएको छ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती डा आरजुको भारतको नयाँदिल्लीस्थित म्याक्स हस्पिटमा शल्यक्रिया भएको हो।
डा राणाका स्वकीय सचिव कमल रावलले विज्ञप्ति जारी गर्दै हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया भएको जानकारी दिएका हुन्। चैत १४ गते आरजुको शल्यक्रया भएको हो।
आरजुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र अझै केही समय अस्पतालमै उपचार गराउन चिकित्सकले परामर्श दिएको आरजु सचिवालयको भनाइ छ।
चैत्र २ गते संघीय संसद सचिवालयलाई जानकारी गराएर आरजु नयाँदिल्ली गएकी थिइन्।
आरजु विगत दुई वर्षयता नयाँदिल्लीमा उपचार गराउँदै आएकी छन्।



