काठमाडाैँ- दैलेखको भैरवी गाउँपालिका-६ तोरीमूलमा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ।
शनिबार परेको चट्याङले १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए।
चट्याङ लागेर घाइते भएकी शर्मिलालाई उपचार गर्न दुल्लु अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


