२०८३ कार्तिक १२ गते बुधबार

शेषराजगज र एक वर्षीय छोरालाई सँगै हुर्काउँदैछिन् विमला

 |  शेरबहादुर सिंह
Sanket

शेरबहादुर सिंह

काठमाडौँ, बैशाख ८
bimala

महेन्द्रनगर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत विमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन्। कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त नगरपालिका–१४ बनकट्टटीमा हुर्किनुभएकी ३० वर्षीया बिमला निकुञ्जकी पहिलो र एक मात्रै महिला माहुत हुन्।

जागिरमा प्रवेश गरेदेखि नै यहाँको पिपरिया हात्तीसारमा कार्यरत बिमलाले हात्तीसारमा रहेकी शारदाकलीको निधनपछि शेषराजगजको स्याहारसुहारको जिम्मेवारी प्राप्त गरेकी हुन्। ‘बिहान हात्तीलाई नुहाउनदेखि जङ्गलमा चराउने, खुवाउने र स्याहारलगायत काम गर्दै आएकी छु,’ विमलाले भनिन्, ‘जागिरको सुरुआतमा जनावरसितको घुलमिल नहुँदा काम गर्न असहज भएको थियो, पछि बानी पर्दै जाँदा सहज बन्दै गयो।’

निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन्। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाका लागि हात्तीद्वारासमेत गस्ती गरिन्छ। यहाँ रहेका छ हात्तीबाट गस्तीलगायत निकुञ्जको कामकाज गरिँदै आएको छ । शेषराजगज छावा भने गत पुसमा मात्र पिपरिया हात्तिसारमा राखिएको विमला बताउँछिन्।

हात्तीको स्याहारदेखि गस्ती लैजाँदासम्मका लागि माहुत, पछुवा र फणित खटिने गरेका छन्। यहाँ हात्तीका लागि २१ कर्मचारी खटिएका छन्। ‘शारदाकली हुँदासम्म एक्लै पनि चराउन धेरै टाढासम्म जंगल पसेकी छु,’ उनले भनिन्, ‘अहिले शेषराजगज सानै भएकाले हात्तीसारबाहेक अन्यत्र जानु परेको छैन।’

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गोपाल चौधरीसित घरजम गरेकी विमलाका एक वर्षीय छोरा पनि साथमै छन्। ‘छोरा सानै छ, उसको र शेषराजगजको स्याहारको जिम्मेवारी मेरै काँधमा छ,’ उनले भनिन्, ‘दुवैका लागि समय व्यवस्थापन गरेर अघि बढेकी छु।’ घरमा पशुचौपायाका लागि घाँस आहारा खोज्ने विमलाको व्यस्तता हात्तिसारमा पनि उत्तिक्कै बढी छ।

‘शारदाकली हुँदासम्म एक्लै पनि चराउन धेरै टाढासम्म जंगल पसेकी छु,’ उनले भनिन्, ‘अहिले शेषराजगज सानै भएकाले हात्तीसारबाहेक अन्यत्र जानु परेको छैन।’

‘जनावरसितको काम चुनौतीपूर्ण नै हुन्छ, कति बेला कुन मुडमा हुन्छन् भर नै हुँदैन,’ विमलाले भनिन्, ‘अहिलेसम्म विना डरत्रास काम गरेकी छु।’ उनले आफ्नो पाँचवर्षे जागिरकालका क्रममा शुक्लाफाँटामा शारदाकली र रतनकली उमेर पुगे निधन भएको देखेको बताइन्। ‘आफूले रातदिन स्याहारसुसार गरेको जनावरको मृत्यु हुँदा निकै दुःख लाग्छ,’ विमला भन्नुहुन्छ, ‘ठूला हात्तीसित काम गर्न धेरै सक्रियता चाहिने रहेछ।’

विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान शुक्लाफाँटा ३६ पाटे बाघ, १७ गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो। यहाँ आउने पर्यटकले हात्ती शयरको अवसर घरपालुवा हात्ती अभावकै कारण पाउन सकिरहेको छैनन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा दश हात्तीको दरबन्दी रहेको जानकारी दिए। ‘अहिले एउटा छावा (बच्चा) सहित सात हात्ती मात्रै यहाँ छन्’, उनले भने।

विसं २०२६ मा सिकार आरक्षका रुपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो। अभाव देखाउँदै निकुञ्ज प्रशासनले माथिल्लो निकायमा आवश्यकताअनुसार हात्तीको माग गरे पनि यसको सुनवाई हालसम्म हुनसकेको छैन। चोरी शिकारी नियन्त्रणका लागि गस्ती गर्न हात्तीको प्रयोग गर्नुपर्ने हुन्छ। हात्तीमा गस्ती गर्दा ‘फणित’ले नेतृत्व गर्छन्। हात्ती हाँक्ने, चराउनेदेखि स्याहारसुसार गर्ने कार्यका लागि यहाँ फणित, पछुवा र माहुत गरी तीन पदमा कर्मचारी कार्यरत छन्।

प्रकाशित: २०८० बैशाख ८ गते शुक्रबार ०९:४०
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना