काठमाडौँ- नेपाल र भारतका परम्परागत उच्चस्तरीय हस्तकलाको प्रदर्शनी ‘इण्डिया–नेपाल क्राफ्ट फेस्टिभल’ सम्पन्न भएको छ।
काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा गत बिहीवार शुरु भएको प्रदर्शनी १९ गतेसम्म सञ्चालन भएको थियो। प्रदर्शनी बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भयो।
मेलामा प्रत्यक्ष प्रदर्शनी, बनारसको हस्तकला, पाककला स्टल्स, नेपाली हस्तकला र फुड स्टल्स रहेका थिए। मेलाले नेपाल र भारतीय हस्तकलाका सृजनात्मक कथाहरु, संस्कृति र सृजनाको गतिशील प्रदर्शनी गरेको बताइएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल भारतको सम्बन्ध नङ र मासुको रहेको भन्दै परम्परागत हस्तकला प्रदर्शनीले सम्बन्ध झनै प्रगाढ बनाएको र भारतमा नेपाली हस्तकलाका सामग्रीको निर्यात प्रवर्द्धन हुने बताए।


