२०८३ कार्तिक २४ गते सोमबार

भृकुटीमण्डप खुला बजारमा पातलिए ग्राहक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २०
Untitled-1-Recovered

काठमाडौँ- ‘गर्मी चढ्यो, शीतल लुगा यता पाइन्छ’, भृकुटीमण्डपका व्यापारी मानदेव मगरले यसै गरी ग्राहक बोलाउँछन्। तर, उनको आवाज सुनेर पसलसम्म सामान किन्न आउने ग्राहक खासै छैनन्। घाँटी सुक्ने गरी कराउँदासमेत व्यापार नहुँदा उनी खिन्न छन्। ‘चिच्याएर मात्रै के गर्नु मान्छे आउँदैनन्’, उनी भन्छन्, ‘गर्मी सुरु भइसक्यो ग्राहक छैनन्।’

स्टल नं. १२१ का व्यापारी मगरले कोभिड महामारीको चर्को मार त खेप्नुभएकै थियो, आर्थिक मन्दीको तितो अनुभव अहिले भोगिरहेको बताउँछन्। उनले २५ वर्षदेखि भृकुटीमण्डपको खुला बजारमा व्यापार गर्दै आएका हुन्। कुनै बेला ग्राहकको भीडले खाजा खाने फुर्सद नपाउने उनी अहिले मोबाइल हेरेर दिन बिताउँछन्। ‘मान्छे नआएपछि भिडियो हेर्दै समय कटाउँछु’, उनी भन्छन्, ‘व्यापार सोचे जस्तो भएन, भाडै तिर्न नसकिने अवस्था छ।’

चैत र वैशाख महिना भृकुटीमण्डपमा सबैभन्दा राम्रो व्यापार हुने मौसम हो। यो समयमा जाडोको लुगा थन्काएर गर्मीका लुगा किन्न आउने मान्छेको घुइँचो हुने गर्थ्यो। तर अहिले त्यस्तो अवस्था नरहेको मगर सुनाउँछन्। ‘भाडा महँगीयो व्यापार छैन’, उनी थप्छन्, ‘कमाउने त कुरै छैन।’

निम्न वर्गीय समुदायले किनमेल गर्ने बजारका रुपमा परिचित काठमाडौँ उपत्यकाको भुकृटीमण्डप खुला बजारमा आर्थिक मन्दीको प्रभाव परेको छ। सात सयभन्दा बढी पसल रहेको बजारमा जु्त्ता, चप्पल, लत्ताकपडा, भाडा, इलेक्ट्रोनिक, कस्मेटिकलगायत सामग्रीको व्यापार हुन्छ। लकडाउन अघि दैनिक रु २० देखि २५ हजारको व्यापार हुने गर्थ्यो। अहिले त्यो बेलाको तुलनामा ५० प्रतिशत व्यापार घटेको व्यापारी बताउँछन्।

प्रति स्क्वायरफुट महिनाको रु ६८ ले भाडा तिर्नुपर्छ। व्यापार नभएकै कारण एक हजार चार सय स्टल व्यापारी घटेर सात सयको हाराहारीमा पुगेको काठमाडौँ निम्न व्यापारी सङ्घका सचिव ध्रुव ढकालले जानकारी दिए। उनका अनुसार आर्थिक मन्दीको प्रभाव भृकुटीमण्डप खुला बजारमा देखिएको छ।

सचिव ढकालले व्यापार घटनुमा विदेशिने युवाको सङ्ख्यामा वृद्धि हुनु, आर्थिक क्षेत्र चलायमान नहुनु र सहकारी जस्ता वित्तिय संस्थामा अस्थिरता आउनुलगायत कारण रहेको जिकिर गरे। ‘चैत, वैशाख महिनामा अरु बेला दसैँ–तिहार जत्तिकै भीड हुन्थ्यो’, उनले भने, ‘अहिले अचम्मै भयो, चैत, वैशाखमा व्यापारमा खडेरी देखियो।’

भृकुटीमण्डप खुला बजारको आफ्नै इतिहास छ। विसं २०४२(०४३ देखि खुला बजारको परिकल्पना सुरु भएको हो। उच्च शिक्षाको लागि काठमाडौँ बाहिरबाट पढ्न आउने विद्यार्थीले जीविकोपार्जन गर्न फुटपाथ (सडक)मा बसेर व्यापार गर्न थाले। सुरुमा सुन्धारा आसपासमा व्यापार गर्ने व्यापारीलाई सरकारले व्यवस्थित फुटपाथ बजार बनाउने हेतुले खुल्ला मञ्च (टुँडिखेल) सारेको थियो। त्यसपछि विसं २०४८ मा तत्कालीन काठमाडौँ नगरपालिकाले खुला मञ्च सफा बनाउने अभियान थाल्यो।

फलस्वरुप त्यहाँ व्यापार गर्दै आएका व्यापारीलाइ सारेर भृकुटीमण्डपमा राखिएको सङ्घका सचिव ढकालले जानकारी दिए। उनका अनुसार त्यतिबेला अर्को व्यवस्था नहुँदा सम्म अस्थायी रुपमा व्यापार गर्न भनि सारिएको थियो। समाजकल्याण परिषद्, काठमाडौँ नगरपालिका र व्यापारीबीच त्रिपक्षीय सहमति भई व्यापार थालिएको हो। अहिलेसम्म पनि अस्थायी रुपमा बसेको भृकुटीमण्डप बजारले स्थायी रुप पाउन सकेको छैन।

‘हामीले फोहोर सफा गरेर व्यापार सुरु गरेका थियौँ’, उनले विगत स्मरण गर्दै भने, ‘निम्न समुदायको व्यापार केन्द्र व्यवस्थित बनाउन सरकार अझै बेखबर छ।’ व्यापारले आर्थिक मन्दी खेप्नु मुख्य चुनौती छ नै। अर्को मुख्य चुनौती अस्थायी भौतिक संरचना हुनु हो।

बाँसका भाटा र त्रिपालको भरमा अडिएको खुला बजारका व्यापारी पानी पर्दा छानो चुहिइएर सास्ती खेप्नुपर्छ। हुरिबतास आउँदा त्रिपाल उड्ने त्रास झेल्नुपर्छ। स्टल नं ६५ का व्यापारी कृष्णकुमार कार्कीले चैत, वैशाख महिनामा हुरिवतासले छाना उडाउने चिन्ताले सताउने गरेको बताए। ‘टिनको मात्रै छाना भए, दुखै थिएन’, उनले भने, ‘भाडा तिरेर पनि सुविधाले व्यापार गर्न पाइएको छैन।’

सङ्घले लामो समयदेखि समाज कल्याण परिषद् समक्ष भृकुटीमण्डप खुला बजारलाई अर्ध अस्थायी स्टल निर्माण गरेर व्यवस्थित बनाउन माग राख्दै आएको छ। सचिव ढकालले प्रक्रिया कहाँ पुग्यो अहिलेसम्म परिषद्बाट जानकारी नपाएको बताए। उनका अनुसार निम्न अर्ध अस्थायी स्टल बनाउन सके हावाहुरी र पानीको चिन्ता हट्थ्यो।

समाज कल्याण परिषद्का सूचना अधिकारी सञ्जयकुमार मल्लिकले अर्ध अस्थायी स्टल बनाउने प्रस्ताव अघि बढेको जानकारी दिए। ‘प्राविधिक प्रक्रिया सुरु हुँदैछ’, उनले भने, ‘जतिसक्दो छिटो सम्पन्न गर्ने तयारीमा छौँ।’

प्रकाशित: २०८० चैत २० गते मङ्गलबार ०९:२०
प्रतिक्रिया

थप समाचार

व्यापारी गाउँमै पुग्दा स्याउ किसानले पाए राम्रो मूल्य

मुगु: हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ। तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा...

भोटे कुकुर: भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। बीस वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किनुभएका ५० वर्षीय छन्त्यालले...

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ। तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ। चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा...

सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत: श्रमिकको ज्याला खातामा, सामाजिक सुरक्षा अनिवार्य

कार्यविधिअनुसार निर्माण र परामर्श सेवामा रोजगारदाताको २० प्रतिशत सामाजिक सुरक्षा योगदानमध्ये १० प्रतिशत सरकारले व्यहोर्नेछ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना