कञ्जनपुर- गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत कञ्चनपुरले गायक ओडविरूद्ध वैवाहिक बलात्कारको आरोपमा अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको हो।
रविविरूद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्।
नेपाल आइडल सिजन-२ का विजेता ओडको कृष्णपुर नगरपालिका बर्दियाका हुन्।
गायक वड कार्यक्रमका लागि जापान पुगेका छन्।


