काठमाडौँ- नेपाल प्रहरीका दुई प्रहरी नायब उपरीक्षक (डीआईजी) पद सिर्जना गरिएको छ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई डीआईजीको पद सिर्जना गरेको हो।
दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई बढुवा गरी डीआईजी बनाउने र उनीहरूको कार्यकाल सकिएपछि दरबन्दी पनि खारेज हुने गरी दरबन्दी सिर्जना गरिएको छ।
साईबर ब्युरो र कुकुरका लागि तालिमलगायतका काम गर्ने केनाइन कार्यालयमा डीआईजीको दरबन्दी थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
ब्युरोका प्रमुख एसएसपी नविन्द अर्याल र केनाइनकी एसएसपी डा देउती गुरुङलाई बढुवा गर्न यी दरबन्दी बनाइएको हो।


