काठमाडौँ- वीरगञ्जको नेसनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ।
म्याद गुज्रिएका सामग्री प्रयोग गरेको आरोपमा सोमबार प्रहरीले कलेजमा छापा मारेको हो।
पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन्।
कलेजबाट प्रहरीले म्याद गुज्रिएका सामग्रीसमेत बरामद गरेको पर्सा प्रहरीले जानकारी दिएको छ।
मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धानका लागि छापा मारी दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ।


