काठमाडौं- काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको गोदाममा भीषण आगलागी भएको छ।
स्टोरमा आगलागी भएको र निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए।
अहिले चार वटा दमकलको सहयोगमा आगो निन्त्रणको प्रयास भइरहेको छ।
स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ। आगलागीको कारणबारे खुलेको छैन।
अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।
स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामान राखिएका थिए।
विद्यतुत सर्ट भएर आगलागी भएको सशस्त्र प्रहरीको अनुमान छ।


