२०८३ कार्तिक १३ गते बिहिबार

‘नेपालमा पढेका ७४ प्रतिशत नर्स विदेश जान्छन्’

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ८
nurses

काठमाडौँ- नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषदको सयुक्त आयोजना नेसनल नर्सिङ सम्मेलन सम्पन्न भएको छ। ‘नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास’ नाराका साथ राजधानीमा शुक्रबार सम्मेलन समापन भएको हो।

सम्मेलनमा कान्तिबाल अस्पतालकी नर्सिङ निर्देशक रोशनी लक्ष्मी तुईतुईले ठूलो लगानी गरी राज्यले योग्य बनाएका नर्स लैजाने देशले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखिन्। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्मेलनले नर्सिङ पेसामा आबद्ध नर्सको उच्च आत्मबल बढ्ने र स्वदेशमै बसेर सम्मानित पेसाको रूपमा निरन्तर काम गर्ने प्रेरणा मिल्ने जिकिर गरे।

काठमाडौँ मोडेल अस्पतालका क्याम्पस प्रमुख सुमिता पाठकले हाल नेपालमा अध्ययनरत नर्स विदेश जाने गरेको बताइन्। ‘नेपालबाट सबैभन्दा बढी अष्ट्रेलिया, क्यानडा न्युजल्याड, अमेरिका र बेलायतमा नर्स जाने गरेका छन्,’ उनले भनिन्, ‘नेपालमा अध्ययन गरेका नर्समध्ये विदेशमा ७४ प्रतिशत विदेशमा जाने गरेको देखिएको छ। नेपालमा प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सको तथ्यांक घटेको छ। नर्सको उत्पादन नै घटेको छ।’ नेपालमा नर्सलाई टिकाउने विषयमा सरकारले ध्यान नदिएको गुनासो उनको छ। नर्सलाई सेवासुविधा र शिक्षा दिएमा नर्स टिकाउन सकिने उनको भनाइ थियो।

आर्मी अस्पतालकी नर्सिङ प्रमुख सानुमाया श्रेष्ठले सरकारले खाली रहेका दरबन्दीलाई पूर्ति गरे नर्स विदेश जाने क्रम रोक्न थोरै भएपनि सहयोग हुने बताइन्। सरकारको तथ्याकंमा एक नर्सले ४ देखि ६ जना बिरामी हेर्नुपर्ने भनिए पनि नेपालमा एक जना नर्सले ४० जना बिरामीको केयर गर्नुपरेको उनको भनाइ थियो। नर्सिङ काउन्सिलकी उपाध्यक्ष शारदा अर्यालले नर्सलाई विदेसिनबाट रोक्न नसके भविष्यमा अझै बढी नर्सको अभाव खेप्नुपर्ने धारणा राखिन्।

वीर अस्पतालकी नसिङ् प्रमुख संगिता श्रेष्ठले हामी नेपालीले खान नजानेर नजाने रोगको जोखिम बढाइरहेको टिप्पणी गरिन्। नेपाल क्यान्सर अस्पतालकी लहरमाया श्रेष्ठले नीतिनियममा सुर्तिजन्य पदार्थको नियन्त्रण गर्न कानुन बनाए पनि त्यसलाई पालना नगरेको बताइन्। पाटन अस्पतालकी नसिंङ सुपरभाइजर रचना शाक्यले नसर्ने रोगबाट बच्न जीवनशैली सुधार गर्न सुझाइन्।

सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले नीति, व्यवस्थापन र नयाँ उदेश्य राखेर जनशक्ति उत्पादन गर्नुपर्ने स्थानमा सरकारको चुकेको बताए। स्वास्थ्यको क्षेत्रमा पछिल्लो पाँच वर्षमा गर्नुपर्ने क्रान्ति सफल हुन नसकेको बताएका उनले भने, ‘गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्‍याउ संरचना, जनशक्ति र प्रविधि हुनुपर्छ। यसका लागि सरकारले नै पहल गर्नुपर्छ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा.राजेन्द्र वाग्लेले नसर्ने रोगको प्रभाव न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताए।

नर्सिङ क्लब नेपालका अध्यक्ष विमला सुब्बाले दुर्गम वा सहरी क्षेत्रमा उत्तिकै आवश्यकता पर्ने नर्सिङ सेवा सेवामुखी र अब्बल जनशक्तिका रूपमा विकास गर्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी थिइन्। क्लबकी उपाध्यक्ष सम्मेलनकी संयोजक उषा खनालले नर्सिङ पेशामा आवद्ध भएकाहरुलाई आत्मबल बढाउन र स्वदेशमै रहेर पेशालाई निरन्तर रुपमा अघि बढ्न प्रेरणा होस् भन्ने उद्देश्यका साथ सम्मेलन गरिएको उल्लेख गरेकी थिइन्। सम्मेलनमा युवा नेतृत्वको विकास, नर्सिङ पेसाको प्रभावकारिता, नर्सहरूको सशक्तीकरण, नसर्ने रोग नियन्त्रणलगायतका विषयमा छलफल भएको थियो।

प्रकाशित: २०८० बैशाख ८ गते शुक्रबार ०९:२७
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना