काठमाडौँ- वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण गरिएको छ। शुक्रबार वैशाख शुक्ल प्रतिपदाको दिन मत्स्येन्द्रनाथको रथारोहण गरिएको हो।
ललितपुरको सबैभन्दा लामो जात्रा रातो मत्स्येन्द्रनाथको रथलाई जात्रा अवधिभर ललितपुरको विभिन्न टोलटोलमा घुमाइन्छ।
मत्स्येन्द्रनाथको महास्नान गराइसकेपछि चैत्र २५ गतेदेखि रथ निर्माण सुरु गरिएको थियो।
वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म यो रथयात्रा मनाइने गरेको छ।
वैशाख ११ गते सोमबारदेखि पुल्चोक गां:बहालबाट रथयात्रा सुरु हुँदैछ।
तस्बिरहरू:












