चितवन– चितवन–२ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ। विवादका कारण भरतपुर–११ को नयाँ किरण कमल कुसुम मावि केन्द्र र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएपछि नयाँ किरण मावि केन्द्रमा मतदान रोकिएको हो। मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो। अहिले अवस्था सामान्य भएपनि मतदान सुरु भइसकेको छैन।
कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलका कार्यकर्ताले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो।
उता रवि लामिछानले भने फेसबुक लाइभ गर्दै मतदान केन्द्र जाने अवस्था नभएको बताएका छन्। निर्वाचन आचारसंहिता २०७९ को दफा १७ मा मौन अवधि सुरु भएपछि मतदान नसकिएसम्म अन्तक्रिया गर्ने नपाइने, मत माग्न नपाइने, सामाजिक सञ्जालबाट सन्देश दिन नपाइने उल्लेख छ।


