काठमाडौँ- चैत शुक्ल चतुर्दशीमा मनाइने तेमालजात्रा काठमाडौँको बौद्ध परिसरमा मनाइएको छ।
तामाङ जातिले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै यो जात्रा मनाउने गर्छन्। चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्धचैत्यमा बत्ती बालेर तेमालजात्रा मनाउने गरिन्छ।
प्राचीनकालमा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदायले मनाउने गरेकोले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मालम्बीले यो पर्व मनाउने गरेका छन्।
पितृमोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने चलन छ। रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरुको मोक्षका लागि कामना गर्दछन्।
















