२०८३ असोज २२ गते बिहिबार

कतारी राजालाई स्वागत गर्ने भाषा भद्रगोल

 |  तीर्थराज निरौला
Sanket

तीर्थराज निरौला

काठमाडौँ, बैशाख ११
qatar

काठमाडौँ– कतारका राजा शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमण मंगलबार सुरु हुँदै छ। मंगलबार साँझ ५ बजे नेपालस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ जाँदैछन्। कतारी राजा नेपाल अवतरण गर्न दिनमा सार्वजनिक बिदासमेत दिइएको र राष्ट्रपति पौडेल आफैँ विमानस्थल जाने निश्चित हुनुले कतारी राजाको भ्रमणलाई नेपालले उच्च महत्त्व दिएको पुष्टि गर्छ।

राजा अल थानीको स्वागतमा राजधानी काठमाडौँका चोकहरूमा स्वागतद्वार निर्माण गरिएको छ। तर ती स्वागतद्वारहरूमा लेखिएको भाषा भने ‘लज्जाजनक’ भएको भन्दै टिप्पणी सुरु भएको छ। निर्माण गरिएका थुप्रै स्वागतद्वारमध्ये एक स्वागतद्वारमा ‘कतारका मौसूफलाई हार्दिक स्वागत छ!’ लेखिएको छ। तर यो प्रयोग गलत छ।

‘मौसूफ’ भन्ने कुनै पद नभएकाले गलत अनुवाद गरिएको त्रिभुवन विश्वविद्यालयका अंग्रेजी केन्द्रीय विभागका अध्यापक महेश पौड्याल बताउँछन्। ”मौसूफ’ भन्ने कुनै पद छैन। तसर्थ अनुवाद गलत छ। नेपालीमा राजा या अमिर लेख्नु पर्ने थियो,’ उनले भने।

नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको बृहत् नेपाली शब्दकोष (दसौँ संस्करण)का अनुसार ‘मौसूफ/मौसुफ’ अरबी शब्द हो। विशेषणका रूपमा यसको अर्थ ‘प्रंशसा गरिएको वा तारिफ गरिएको’ भन्ने हुन्छ भने सर्वनामका रूपमा ‘राजा वा राजपरिवारका सदस्यका लागि प्रयोग गरिने सम्मानबोधक शब्द’ हो। यसरी हेर्दा ‘मौसूफ’ शब्दको अर्थ राजा वा राजपरिवारका सदस्यका लागि सम्मानार्थी सर्वनाम (उहाँ) मात्र हो। यसले कनै नामपदको अर्थ व्यक्त गर्दैन।

त्रिवि नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्राडा खगेन्द्रप्रसाद लुइँटेलले पनि मौसुफ/मौसूफ शब्द राजा वा राजपरिवारका लागि सम्मानबोधक शब्द मात्र हो। ‘मौसूफ भनेको अरबी भाषाको उच्च आदरार्थी शब्द हो। सर्वनामको रूपमा प्रयोग हुन्छ,’ डा लुइँटेलले भने, ‘राज वा राजपरिवारका सदस्यका लागि अति-उच्च आदरार्थी सर्वनामका रूपमा प्रयोग गर्ने चलन छ। राजा वा राजपरिवारका सदस्यका लागि भनिने सर्वनाम शब्दले पद भने जनाउँदैन।’

राज्य पक्षबाट हुने भाषिक कमजोरी न्यूनीकरणका लागि आफूहरूले अभियान चलाएर हरकार्यालयमा नेपाली भाषाविद् राख्नुपर्छ भनेर माग राखेको पनि उनले स्मरण गरे। तर सरकारले कुनै सुनुवाइ नगरेकाले यस्ता गल्तीहरू दोहोरिइरहेको उनको भनाइ छ।

नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रका नेपाली विषयविशेषज्ञ डा गणेशप्रसाद भट्टराईले कतारी राजाका लागि भन्न खोजिएको ‘मौसुफ’ उपयुक्त नभएको बताए। ‘मौसुफ शब्दले राजा भन्ने अर्थ दिँदैन,’ उनले भने, ‘यो त अलि मिलेन।’

नेपाली भाषामा मात्र होइन, कतारी राजाका लागि बनाएको स्वागतद्वारमा अंग्रेजी भाषामा लेखिएका शब्दहरू पनि गलत छन्। कतारी राजालाई ‘अमिर’ भन्ने गरिएको छ। यसको अंग्रेजी रुपान्तरणको हिज्जे ई-एम-आई-आर (Emir) हुनुपर्ने हो। तर कतिपय स्थानमा ‘ए-एम-आई-आर (Amir) लेखिएको छ। केही स्थानमा ई-एम-आई-आर (Emir) लेखिएको छ। ‘अमिर शब्दलाई अंग्रेजीमा लेख्दा त्यसको हिज्जे ई-एम-आई-आर (Emir) लेख्नुपर्ने हो। स्वागतद्वारहरूको भाषा र पदमा समेत एकरूपता छैन। यो गम्भीर कमजोरी हो,’ अंग्रेजी विभागका अध्यापक पौड्यालले भने।

प्रकाशित: २०८१ बैशाख ११ गते मङ्गलबार ०१:३०
प्रतिक्रिया

थप समाचार

ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

काठमाडौं। ग्लोबल आइएमई बैंकले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ। विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने...

कांग्रेस महाधिवेशनः प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ। कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार...

भोटेकोशी बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युतको ऋण १७.७० अर्ब, आयोजनाको भविष्य अनिश्चित

आयोजना पुनर्निमाण अनिश्चित बनेको छ। बिजुली उत्पादन बन्द हुँदा आयोजनाको आम्दानी प्रभावित भएको छ भने कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा समेत दबाब पर्न सक्ने देखिएको छ।

विद्युत नियमन आयोगको वार्षिक प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता,...

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र संभव हुने...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना