काठमाडौँ- शहिदगेट, टुँडिखेल, रत्नपार्क, दरबारमार्गलगायतका स्थानमा बैजनी रंगको फुलिरहेको यो फूल ज्याकारान्डा हो।
बसन्त ऋतुको आगमनसँगै राजधानीमा ढकमक्क ज्याकारान्डा फूलेको छ। ज्याकारान्डा फूलले राजधानीका केही सडकमा दृश्य फेरिदिएको छ।
सडकका दायाँ-बायाँ ज्याकारान्डा फूलले उपत्यकामा बैजनी सौन्दर्य पस्किरहेका छन्। सवारीसाधनको धूवाँ र धूलोले गुम्सिने काठमाडौं खाल्डोमा ज्याकारान्डा फुलेको स्थानमा सुगन्ध छ।














