२०८३ कार्तिक १३ गते बिहिबार

लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ११
lila_giri

दाङ– लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि एमाले सरकार ढलेको हो।

यस अघि सात दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीलाई माओवादीलगायतका दलले दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए।

एमाले सरकारलाई दिएको समर्थन माओवादीले चैत १२ मा विश्वासको मत फिर्ता लिएका थिए। सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको छ। पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

सोमबार लिएको विश्वासको मतमा गिरीको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको छ। ८७ सांसदमध्ये लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ। लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्र गिरीलाई विश्वासको मत दिउका थिए।

नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३र३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १र१, स्वतन्त्र १ गरी ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन्। मत विभाजनपछि सभामुख तुलाराम घर्तीले मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गरेका थिए। ७४ दिनमै अल्पमतमा परेको गिरी सरकार १०३ दिनमा ढलेको हो।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्। एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी कांग्रेसले गरेको छ।

एमाले सरकारलाई दिएको समर्थन माओवादीले चैत १२ मा विश्वासको मत फिर्ता लिएका थिए। सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको छ। पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

यसअघि शनिबार मात्रै गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो। ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीको पक्षमा २४ मत परेको थियो। उक्त संख्या प्रदेशसभाको बहुमत नभएको भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएको प्रदेशसभाले घोषणा गरेको थियो। अधिकारीलाई एमाले, स्वतन्त्र र राप्रपाका सांसदले मतदान गरेका थिए।

मुख्यमन्त्री अधिकारीको विपक्षमा ३५ मत परेको थियो। मतदान प्रक्रियामा ५९ जना सहभागी थिए। निर्णायक अवस्थामा मात्र सभामुखलाई मताधिकार हुन्छ। अधिकारीको विपक्षमा कांग्रेस र माओवादीका सांसदले मत दिए।

यसअघि अधिकारीलाई नेकपा माओवादी र राप्रपाले समर्थन गरेका थिए। तर संघमा नयाँ गठबन्धन बनेपछि गत चैत १० गते माओवादीले अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ। प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन्।

यसअघि सुदूरपश्चिम प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो। सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि विश्वासको मत नपाएपछि कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा सरकार बनिसकेको छ।

प्रकाशित: २०८० बैशाख ११ गते सोमबार ०१:३५
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना