काठमाडौँ नेपालले वेस्टइन्डिज ‘ए’सँग दोस्रो खेल आज खेल्दै छ। खेल दिउसो १२ः१५ बजे त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा हुने छ। हिजो भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो।
२०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो। कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए।
बलिङमा अभिनाश बोहराले लगातार योर्कर फाल्दै राम्रो प्रभाव छाडेका थिए। पहिलो खेलमा करण केसी र सोमपाल कामी दुवै थिएनन्। आज यी दुई मध्य एकलाई मौका दिनसक्छ। पहिलो खेलमा ३ ओभरमा ५३ रन खर्चेका कमलसिंह ऐरीलाई आज पनि नेपालले मौका दिनसक्छ।
विवेक यादव भने लगातार खराब प्रदर्शन गर्दै आएका छन्। पहिलो खेलमा ७ रनमा आउट भएका थिए। विवेकको स्थानमा आज लोकेश बमलाई मौका दिनसक्ने सम्भावना छ।
तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।


