मूलपानी- पानी परेर मूलपानीस्थित क्रिकेट खेल मैदानमा हुन भनिएको नेपाल र साउदी अरेबियाबीचको खेल रद्द भएपछि खेलाडीहरूले समर्थकसँग सेल्फी खिचाएका छन्।
एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो निर्धारित खेलसमयमा क्रममा वर्षा भएपछि नेपाली खेलाडी क्रिकेटप्रेमीसँग सेल्फी लिएका हुन्।
मूलपानी मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्ने तयारीमा थियो। खेल रद्द भएसँगै नेपाल ५ अंक बनाएर सेमिफाइनलमा पुगेको छ। साउदी अरेबिया तीन अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।












