काठमाडौँ- वेस्ट इन्डिज एले टी-२० को दोस्रो खेलमा नेपाललाई १० रनले हराएको छ।
योसँगै पाँच खेलको टी-२० सिरिज १-१ को बराबरीको अवस्थामा पुगेको छ।
१६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र जोड्न सक्यो।
नेपालका रोहित पौडेल ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नटआउट रहे पनि टोलीले लक्ष्य भेट्टाउन सकेन।
गुल्सन झाले ११ बलमा ३ चौका र २ छक्ककासहित २६ रन र लोकेश बम १६ बलमा १ चौका र २ छक्कासहित १७ रनमा आउट भए।
ओपनर अनिल शाह १, कुशल मल्ल शून्य, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भएका थिए।
वेस्ट इन्डिजका ओबेद म्याककोयले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका थिए।
गुडाकेश मोतीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। ओशान थोमस र रोस्टन चेशले १-१ विकेट लिए।
पाँच खेलको सिरिजमा नेपाल १–० ले अघि छ। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो।
तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ।


