काठमाडौँ- राष्ट्रिय मुक्ति क्रान्तिले माइतीघरमा सांस्कृति प्रतिरोध गरेको छ।
ऐतिहासिक कालदेखिका सांस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन सांस्कृतिक प्रतिरोध गरिएको हो।
प्रतिरोधमा विभिन्न समुदायको सांस्कृतिक प्रस्तुति देखाइएको थियो।
चैत २४ गते भएको घटनाप्रति सरकारको कार्य लज्जासपद भएको क्रान्तिको ठहर छ।
धर्म आस्थामाथि भएको हातपातको माफी माग गर्दै सांस्कृतिक प्रतिरोध गरिएको राष्ट्रिय मुक्त्ति क्रान्ति अभियानअन्तर्गत नेवा परिषदका संयोजक सुमन सायमिले बताए।
चैत २४ गते क्रान्तिको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो भने बाटो हिँडिरहेका बौद्ध भिक्षुमाथि प्रहरीले निर्मम लात्ती प्रहार गरेको थियो।













तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी


