काठमाडौँ- नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथ जात्रा वैशाख २९ गते सुरु हुँदैछ।
मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माणको काम धमाधम भइरहेको छ।
रथ निर्माणमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन्।
रातो मच्छिन्द्रनाथ काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवता मानिन्छन्।
अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले चिनिने रातो मच्छिन्द्रनाथले देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ।












\




