काठमाडौँ- ओपनर जोनसन चार्ल्सको शतकमा वेस्ट इन्डिजले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले तेस्रो टी-२० खेलमा पुरै ओभर खेल्दा ३ विकेट गुमाएर २२७ रन बनाहो।
चार्ल्सले ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनमा नट आउट रहे।
उनले ५५ बलमा शतक पूरा गरेका थिए।
ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए।
त्यसपछि दोस्रो विकेटका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले १४५ रनको साझेदारी गरेका थिए।
आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए।
स्पिनर सागर ढकालले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए।
करण केसीले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए।
कमलसिंह ऐरीले ४ ओभरमा ५३ रन खर्चेका थिए।


