काठमाडौँ- टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ रनले पराजित गरेको छ।
वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा १५१ रनमा समेटियो।
नेपालका लागि करण केसीले सर्वाधिक २८ रन जोडे।
गुल्सन झा ६, लोकेश बम २८, आरिफ शेख ३ रन, अनिलकुमार शाह ११, दीपेन्द्रसिंह ऐरी ७, विनोद भण्डारी १९, बिबेक यादव ३, कुशल मल्ल २० र कमलसिंह ऐरी ६ रनमा आउट हुँदा सागर ढकाल ३ रनमा अविजित रहे।
यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो।
वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चार्ल्सले शतकीय अविजित इनिङ खेले। उनी ११९ रनमा अविजित रहे।
योसँगै वेस्ट इन्डिज ‘ए’ ले ५ खेलको टी–२० सिरिजमा २–१ को अग्रता लिएको छ।


