काठमाडौँ- बारा क्षेत्र नम्बर-२ जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन्। हालसम्म सार्वजनिक गणनाअनुसार यादव ३ हजार ३९१ मतले अघि छन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले यादवले १० हजार १ सय ९९ मत ल्याएका छन्। उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्। कुशवाहाले ६ हजार ८ सय ८ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेल ४ हजार ११ मत ल्याएर तेस्रो स्थानमा छन् भने रास्वपा उम्मेदवार रमेश खरेलले १ हजार १ सय ७४ मत पाएका छन्। गणना जारी छ।


