जथाभावी अभिव्यक्ति दिएर भ्रम फैलाउने एक जना पक्राउ परेका छन् ।
आम जनमानसमा भ्रम फैलाउने उद्देश्यले जथाभावी अन्तरवार्ता दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका हुन्।
झापाको दमक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ गैह्रीगाउँ बस्ने ४६ वर्षीय खनाल मंगलबार पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
खनालले सहकारी प्रकरणमा फरार जीबी राईकाे हत्या भएको र साे हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भनी भ्रमपूर्ण अभिव्यक्ति दिएका थिए।
उनीमाथि अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद दिएको छ।


