२०८३ कार्तिक १२ गते बुधबार

डेटा हबले पायो आईसिटी अवार्ड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २१
datahub

काठमाडौँ- यस वर्षको राष्ट्रिय आइसिटी अवार्डबाट डेटा हब प्रालि सम्मानित भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रिय आइसीटी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्राइभेट सेक्टरतर्फ डेटा हबलाई सम्मान गरेको हो।

डेटा हबले देशमा पहिलो पटक डेटा सेन्टर स्थापना गर्दै साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ।

कम्पनी देशको अग्रणी डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक पनि हो।

निजी क्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा कम्पनी स्थापना भएको थियो। यसको बुटवलमा डिजास्टर रिकभरी साइट पनि छ।

विगत एक दशकभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्था, एनजीओ, आईएनजीओ, आईसीटी कम्पनी, ई–कमर्स, टेलिकम, हस्पिटल, फिनटेक, स्टार्टअप लगायत ७ सयभन्दा बढी साना तथा ठूला व्यवसायलाई कम्पनीले सेवा उपलब्ध गराउँदै आइरहेको छ।

कम्पनीले गूगल, फेसबुक, अकामाई जस्ता विश्व प्रशिद्ध संस्थालाई पनि नेपालको लागि सुविधा प्रदान गर्दै आएको छ । क्लाउड सर्भिसको लागि अन्तराष्ट्रिय स्टान्डर्डको सेल्फ सर्भिस पोर्टल एति क्लाउड पनि सञ्चालनमा रहेको छ।

सन् २०१५ को भूकम्प, कोरोना महामारी जस्ता विपद्मा पनि निरन्तर सेवा प्रवाह गरेको डेटा हबले नेपालको डिजिटल अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

सुरक्षाका लागि आईएसओ सर्टिफिकेट प्राप्त गरेको डेटा हबले पूर्वी नेपालमा समेत डेटा सेन्टर बनाउने योजना लिएको छ।

काठमाडौं र बुटवलमा क्षमता बढाउँदै गएको छ। कम्पनीले ५० जनालाई रोजगारी दिइरहेको छ।

प्रकाशित: २०८१ बैशाख २१ गते शुक्रबार ११:०६
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना