काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा आयोजना गरेको ‘सिप मेला’ मा युवाको आकर्षण बढेको छ।
‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यका साथ महानगरले एक महिने सिपमेला आयोजना गरेको हो।
मेलामा मोबाइल, कम्प्युटर, प्लम्बिङ, हेयर कटिङ्ग, डिजिटल मार्केटिङ, ब्युटी ट्रेनिङ, टेलरिङ जस्ता १० वटा क्षेत्रका २९ वटा पेसासँग सम्बन्धित सिपमूलक तालिम सुरु गरिएको छ।
मेलाबाट २०८१ जनालाई सिपमूलक तालिम दिने लक्ष्य लिएको छ।



















सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी


