काठमाडौँ- नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ।
पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ। सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ।
आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको थियो।
यस सिरिजमा कप्तान रोहित पौडेलले खेलेका तीन खेलमा ११२, ७१ र ८२ रन बनाएका थिए। रोहित बाहेक अन्य ब्याटरको प्रदर्शन आएको छैन। विश्वकप अघि नेपाल सबै ब्याटरबाट प्रदर्शन चाहन्छ।
नेपाली टोली यस खेलपछि आज राती नै वेष्टइण्डिज जाने कार्यक्रम छ। त्यहाँ केही अभ्यास गरेर नेपाल अमेरिका खेल्न आउनेछ।
विश्वकप २ जुनदेखि सुरु हुनेछ। नेपालले ४जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ। नेपालको समूह डी मा नेदरल्यान्ड्स,दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन्।


