काठमाडौँ- एनआईसी एसिया बैंकले नेपाली महिला फुटबल टोलीलाई सम्मान गरेको छ।
सोमबार एक विशेष कार्यक्रम गरी बैंकले टोलीका सदस्यहरूलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँ नगद प्रदान गरी सम्मान गरेको हो।
वाफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै बैंकले टोलीलाई सम्मान गरेको हो।
टोलीका ३१ जनालाई कदर स्वरूप प्रतिव्यक्ति २५ हजार रुपैयाँ नगद प्रदान गरिएको बैंकले जानकारी दिएको छ।
बैँक र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच आगामी खेलहरूमा पनि सहयोग गर्ने सम्झौता भएको छ।
कार्यक्रममा टोलीकी सदस्य अञ्जना राना मगरलाई ब्रान्ड प्रमोटरका रुपमा घोषणा पनि गरिएको थियो।












