काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले फेरी पनि आफूलाई फसाइएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले गौसाला २६ र आफूबिचको सम्बन्ध प्रमाणित गरे फाँसीको सजाए पनि स्वीकार्य हुने बताएका छन्।
विशेषगरी महिला सामाजिक अभियान्ता प्रति रोष प्रकट गर्दै उनले प्रमाणित गरेर देखाउन चुनौतिसमेत दिएका छन्। उनले भनेका छन्, “ति तथाकथित र भनौदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहां हरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन।”
उनले आफूले धर्ममा विश्वास गर्ने भएकाले कुनै दिन फसाउन गरेको पापको फल प्राप्त गर्ने समेत बताएका छ। लामिछानेले लेखेको लामो स्टाटसमा बारम्बार आफूलाई फसाइएको र प्रमाणित गर्न चुनौति दिएका छन्। सँगै गल्ती गरेको भए फाँसीको सजाय भोग्न तयार भएको दोहो¥याएका छन्।



